प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
असार २०८०
छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-३०

रामेछाप, सुनापती गाउँपालिका-३, हिलेदेवी बस्ने चमारसिंह तामाङको छोरी वर्ष १६ की जेसुङ तामाङ आफ्नै घरदेखि अन्दाजी २०० मिटर पूर्वमा रहेको दुधिलोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, थाक्रे गाउँपालिका-६, महादेववेशी बजार स्थित रुद्र बहादुर नेपालीको घरमा कोठा भाडामा लिएर टेलर काम गरि बस्ने चितवन खैरेनी नगरपालिका-४ शिवालय चोक घर बताउने वर्ष अन्दाजी ३०/३२ को सन्तोष परियारले घरको दोस्रो तलाको च्यानलगेटमा खैरो रंगको खाताको पासो लगाई झुण्डी मृत्यु मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, मनहरी गाउँपालिका-५, वसन्तपुर बस्ने सन्तोष लामिछानेको श्रिमती वर्ष २२ कि पार्वति लामिछानेले आफ्नै घरको काठको धुरिको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-२९

चितवन, भरतपुर महानगरपालिका-१८, चनौली बजार स्थित ईन्द्रमणी ढकालको घरमा डेरा गरी बस्ने मजुना मियाको श्रीमती वर्ष अन्दाजी ५० की नसिरा मिया ट्वाईलटेटमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । नुवाकोट, ककनी गाउँपालिका-३, लौके स्थित बस्ने भैरे कामीको छोरा अन्दाजी वर्ष ३२ को किस्ने कामी आफ्नै घरको आफु सुत्ने कोठाको ट्रस्ट पाईपमा  तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रे, भुम्लु गाउँपा-९, खत्रीगाउँ बस्ने बिकास पराजुलीको छोरा  अन्दाजी वर्ष १० को बिक्रम पराजुली आफ्नै घर भित्रको दलिनमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुरमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकिटोल बस्ने वर्ष ५१ को तुल्सी राम रिमाल आफ्नै घरको सिलिङमा सलको पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   मकवानपुर, थाहा नगरपालिका-६, शिखर खेतस्थित बस्ने वर्ष अन्दाजी ३६ को मधु अधिकारीले आफ्नै घरको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३, टुटेपानी गौरवटोल बस्ने  किरण मोक्तानको श्रीमती वर्ष अन्दाजी ३५ कि शान्ति मोक्तान आफ्नै गाईको गोठको दलिनमा सलको पासो बनाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८०-०३-२८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. १ परेवाकोट स्थितमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली. चितवनसँगको सहकार्यमा कफिका विरुवाहरु वृक्षारोपण गरिएको हो । प्रहरी कर्मचारीहरु, जनप्रतिनिधि, समाजसेवी, भद्रभलाद्‍मी, संचारकर्मी लगायत ८५ जनाको सहभागीता रहेको कार्यक्रममा अन्दाजी ३,००० कफिका विरुवा रोपण गरिएको थियो । आगामी दिनहरुमा समेत स्थानीय तह लगायत विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा यसै किसिमको कार्यक्रम संचालन गरिनेछ ।  

सुन सहित मानिस नियन्त्रणमा
२०८०-०३-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडक-खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले काठमाण्डौबाट बिरगंज तर्फ जाँदै गरेको ना.१ ज.७४५० नं.को यात्रु बाहक टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-१ बस्ने वर्ष-३५ को प्रभु साह सोनार लाई संका लागी चेकजाँच गर्दा निजको साथबाट सुन जस्तो पहेलो देखिने वस्तु अन्दाजी ४९० ग्राम थान -१ फेला परेको थियो । निज प्रभु साह सोनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८०-०३-२४

समुदाय प्रहरी साझेदारीको अवधारणामा बागमती प्रदेश प्रहरीले आम नागरिकहरूलाई विभिन्न किसिमका शिर्षकहरूमा सचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयले यस कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अहिलेको जल्दो बल्दो अवस्थामा रहेको साईबर क्राईम, आत्महत्या, लागुऔषध, लैङगिक/घरेलु हिंसा सम्बन्धमा सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुर जिल्ला अन्तर्गतका सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय समाजसेवी भद्र भलाद्‍मी गरी जम्मा ६० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरूबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले आवश्यक अन्तरक्रिया समेत गर्नु भएको थियो ।

धादिङ र काभ्रेपलाञ्चोकमा करेन्ट लागी २ जनाको मृत्यु
२०८०-०३-२३

धादिङ, निलकण्ठ नगरपालिका-५, फ्याक्से स्थित बस्ने अन्दाजी २२/२३ वर्षीया मुना श्रेष्ठ आफ्नै घर बाथरूममा नुहाउन गएकोमा बाथरूमामा रहेको जास्तामा छुदाँ करेन्ट लागी घटनास्थालमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनसुन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, राईडाँडा बस्ने ६५ वर्षीय मैना कोईराला आफ्नै घरबाट अन्दाजी १००/१५० मिटर पूर्वमा रहेको मकैबारीमा बदेलले मकैँ खान्छ भनी २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङगो तार टाँगेको अवस्थामा सोही तार छुदाँ करेन्ट लागी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु
२०८०-०३-२३

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ति डिपाट गाउँ स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडा तर्फबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भई दुबै ट्रकमा आगलागी हुदाँ ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन, राप्ती नगरपालिका-८ बस्ने अन्दाजी २७/२८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक जिल्ला गोरखा, गण्डकी गाउँपालिका-२, गोर्दीटार बस्ने अन्दाजी २०/२१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी १९/२० को अमृत प्रजा सवारी साधनमा च्यापिएर मृत भएको छ । अन्य घाईतेहरूको अवस्था मध्यम रहेको र यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ३३८४ नम्बरको कार शंका लागी चेकजाँच गर्दा कारको पछाडी डिक्किबाट ४७ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही ठेगाना बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनय चौधरी र कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवानलाई समेत नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।त्यसै गरी DL1GC 3035 नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनी १४ वटा पोकामा १४३.८  किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी ट्रक चालक देश भारत, मोतिहारी गोबिन्द बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध ट्रकमा हाल्ने मानिसहरू DL12CA0578  नम्बरको ईण्डियन स्कारपियोमा आउँदैछ भनी जानकारी दिएको हुदाँ निजहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीया सन्तोस गुप्ता, जिल्ला बारा,  बिश्रामपुर गाउँपापालिका-४ बस्ने २४ वर्षीय सुरज साह, सोही ठेगाना बस्ने २१ वर्षीय गौतम कुमार साह, जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र सोही ठेगाना बस्ने २८ वर्षीय रमेश यादवलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-१७

चितवन, भरतपुर महानगरपालिका-१०, स्थित डेरा गरी बस्ने जिल्ला नुवाकोट, बिदुर नगरपालिका घर भएका ४० वर्षीय बसन्त पाण्डे आफैं सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटना स्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चितवन, राप्ती नगरपालिका-३, सुन्दरबस्ती स्थित बस्ने अन्दाजी ३९ वर्षीया उर्मिला श्रेष्ठ आफ्नै घरको टिनको छानोमा रहेको फलामको डण्डीमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-१३

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको थियो । स्थलगत अनुगमनको क्रममा रसुवा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरू लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु
२०८०-०३-१३

सिन्धुली, दुधौली नगरपालिका-५, कुलुवा स्थित मदन भण्डारी सडक खण्डमा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको स १० प २७१४ नम्बरको मोटरसाईकल विपरीत दिशा दुधौलीबाट डकाहा तर्फ आउँदै गरेको प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकी दुर्घटना हुँदा स १० प २७१४ नम्बरको मोटरसाईकल चालक जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५ बस्ने अन्दाजी वर्ष ३० को अनिल गुरुङको टाउको र छातीमा चोट लागी गम्भीर घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा निजको मृत्यु भएको छ । प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल चालक जिल्ला उदयपुर, कटारी नगरपालिका-४ बस्ने वर्ष २५ को रवाली शेखको टाउको, अनुहार र दाँया हात दाँया खुट्टामा चोट लागी गम्भीर अवस्थामा जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-१२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलिले बागमती प्रदेश प्रहरी कार्यालय मातहत नेपाल पुलिस स्कुल शान्तिपुर चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय भण्डारा चितवन, ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवन र ईलाका प्रहरी कार्यालय गजुरी धादिङको स्थलगत निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टा-छुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने ३१ वर्षीय बिशाल रावतको घरमा सोही ठेगाना बस्ने बर्ष १८ को सुमित वाईबा र हेटौंडा उपमहानगरपालिका-१०, निउरेनि बस्ने ३२ वर्षीय बिमल भोलनलाई कोठामा फेला पारी शरीर चेकजाँच गर्दा बिमल भोलनको साथबाट र बिशाल रावतको घर कोठाको दराजबाट खैरो हिरोईन जस्तो  देखिने २५  ग्राम लागुऔषध सहित र वेईट गर्ने मेसिन (काँटा) थान-१ ,नगद रू. ५०००।-, ठुलो मोबाईल-३ वटा, सानो मोबाईल-२ वटा फेला पारी लागुऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०३-१०

चितवन, ईच्छाकामना गाउँपालिका-४, केवलकार स्थित पृथ्वी राजमार्गमा बुटवलबाट काठामाडौं तर्फ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माईक्रो र विपरित दिशा तर्फ आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही, कन्चनजंगा नगरपालिका-१ बस्ने ३६ वर्षीय हेमन्त कुमाल गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन प्रहरी चौकी कुरिन्टारको नियन्त्रणमा रहेको र माईक्रो चालक जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-२ बस्ने २८ वर्षीय लुम्न सिंह मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०३-०९

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित पृथ्वीलोक मार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, गजुरी र प्रहरी चौकी जोगीमारा, धादिङबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट भारत तर्फ जाँदै गरेको HR 38 U3431 नम्बरको भारतिय डिब्वा कन्टेनरलाई  चेकजाँच गर्ने क्रममा अन्दाजी ६१३ के.जी. लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थितमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-४, अदुवाबारी बस्ने वर्ष २५ को शंकर मिजारलाई अन्दाजी २ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, ओध्धालघारी बस्ने प्रकाश पौडेलको छोरा वर्ष अन्दाजी २५ को प्रताप पौडेल आफ्नै घर नजिक रहेको गाईको गोठमा फलामको रडमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५, रतनकोट धामीटोल बस्ने छेदुप लामाको छोरा अन्दाजी वर्ष ४७ को बुद्धछिरिङ लामा आफ्नै घरको छानोको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-०७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले प्रहरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रहरी काम कारबाहीसँग सम्बन्धित गुनासो समेत संकलन गर्नुभएको थियो ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-०७

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-४, छाप बस्ने ३९ वर्षीया आशा माया तामाङ आफ्नै घरको सुत्ने कोठाको निदालमा नाईलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका-६, पिपलडाँडा घर भई हाल मेलम्ची नगरपालिका-१३, एक्लेबेसी स्थित भाँडा व्यापार गर्दै हिड्ने अन्दाजी ४० वर्षीय शंकर बहादुर खत्रीले आफुले डोको बोक्दा प्रयोग गर्ने नाईलनको डोरी प्रयोग गरी आँपको रूखमा झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई ईलाका प्रहरी कार्यालय, पशुपतीनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले उक्त माईक्रोलाई  रोकी चेकजाँच गर्दा माईक्रोमा सवार देश भारत मोतिहारी ४ बस्ने वर्ष अन्दाजी १७ को धिरज कुमारले सटको बाउलामा लुकाई-छिपाई ल्याएको अन्दाजी ५/६ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको, निजको साथी जिल्ला बारा, ईटयाही गाउँपालिका-१२ बस्ने वर्ष अन्दाजी १४ को बिष्णु कुमार सहित दुबै जनालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मासिक कार्य सम्पादन समिक्षा तथा निर्देशन सम्बोधन
२०८०-०३-०४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यमबाट मातहत कार्यालयहरूले जेष्ठ महिनामा सम्पादित कार्यको समिक्षा गर्नुको साथै आवश्यक निर्देशन दिनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित उक्त कार्यक्रममा मातहत कार्यालय प्रमुखहरूले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल जेष्ठ महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरूप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने र कुनै पनि गुनासो नआउने तवरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागिय निर्देशन दिनुभयो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप स्थित सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मयुरधाप, मकवानपुरबाट खटिएको गस्ति टोलिले हेटौंडा सिमेन्टबाट मुयुरधाप तर्फ जाँदै गरेको बा प्र ०२०२३ प १३७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप बस्ने अन्दाजी २८ वर्षीय रूपेश ढुंगानाले भिरेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX 100 ML को ४ बोत्तल, नगद रू. १९,३१५।-, मोबाईल थान २ फेला पारी उक्त लागुऔषधको सम्बन्धमा निजसँग सोधपुछ गर्दा निजले बाँकी लागुऔषध हेटौंडा सिमेन्ट फ्याक्ट्री स्थित तल्लो कोलनी केरा घारीमा दुई वटा भिर्नी झोलामा लुकाई छिपाई राखेको छु भनि जानकारी गराएको हुदाँ उक्त ठाउँमा प्रहरी पुगी दुई वटै झोला चेक गर्दा दुबै झोलाबाट २२९ बोत्तल ONEREX फेला पारी मोटरसाईकल, लागुऔषध र निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

रेडियो अपरेटर ग्रेड थ्री १७ औँ समूहको तालिम समापन
२०८०-०३-०३

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा सञ्चालित ७५ कार्यदिन अवधीको प्रहरी जवान लक्षित संचार तालिम १७ औँ समूहको प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<